पत्रकार महासङ्घको निर्वाचन मंसिर २८ गते (कार्यतालिकासहित)

पत्रकार महासङ्घको निर्वाचन मंसिर २८ गते (कार्यतालिकासहित)

फरक पत्रिका

मंगलबार, मंसिर १८ २०८१

पत्रकार महासङ्घको निर्वाचन मंसिर २८ गते (कार्यतालिकासहित)

काठमाडौं। नेपाल पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते हुने भएको छ ।

 

आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै महासंघले सो जानकारी दिएको हो ।

 

सार्वजनिक कार्यतालिका अनुसार यसै साता अर्थात मङ्सिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।

 

त्यसैगरी मङ्सिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मतदान मङ्सिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ ।

प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउनुहुन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित