चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारामा रहेको कञ्चन स्मृति पुस्तकालय ग्राममा पुस्तक खरिदका लागि समाजसेबी टंकबहादुर कार्कीले १० हजार सहयोग प्रदान गरेका छन् । कार्की दुई दशक भन्दा बढी सामाजिक तथा राजनीतिक जीवन व्यतित गर्दै आईरहेका छन् । उनि हाल नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको उपसभापतिको जिम्मेवारीमा रहेका छन् ।
कार्कीले चौतारामा रहेर जिल्लाका हरेक भूगोलबाट सदरमूकाम सेवा लिन आउने नागरिकको सेवामा दिन बिताउने गरेका छन् । पार्टीले उनलाई बिस्वास गरेर जनसेवा बिभागमा मूख्य जिम्मेवारी दिएर खटाएको छ । उनी चौतारामा रहेको जुगल होल्चे थालखर्क खानेपानी समितिको कोषाध्यक्षको जिम्मेवारी पनि एक दशकभन्दा बढी बिताईसकेका छन् ।
कार्कीले यसअघि नै पुस्तकालयमा आएर व्यक्तिगत रूपमा सहयोग गर्ने बताएका थिए । विपी कोइरालाको १११ अौ जन्मजयन्तीको अवसरमा नेेपाल विद्यार्थी संघले पुस्तकालयलाई पुस्तक हस्तान्तरण गर्दा कार्कीले गरेको सहयोगकाे प्रतिवद्दताअनुरूप उनले रकम हस्तान्तरण गरेका हुन् ।
एक दशकभन्दा अघि चौतारामा बनदेबी वाचनालय नामको सामुदायिक पुस्तकालय रहेको थियो । सो बखत सवैजना अध्ययनको लागि उक्त बाचनालयमा धाउने गरेका थिए । त्यस बाचनालयमा राष्ट्रिय तथा स्थानीय रुपमा प्रकाशित पत्रपत्रिका र बिभिन्न व्यक्तिहरुका लेख रचनाका पुस्तकहरु पढ्न पाईने गर्दथ्यो । २०७२ सालको बिनाशकारी भूकम्पले पूर्ण रुपमा क्षती पुर्याएपछि उक्त पुस्तकालय पुर्णरुपमा बन्द भयो । पछिल्लो समय कहिकतै वाचनालय र पुस्तकालयहरु रहेका थिएनन् ।
२०७८ सालमा चौताराका साहित्यकार एवं पत्रकार सुरेश कसजुको अग्रसरतामा चौताराको शहीदचोकमा कञ्चन स्मृति पुस्तकालय ग्राम स्थापना भयो । उक्त पुस्तकालय शहीद इश्वरकृष्ण बुढाथोकीको सम्झनामा स्थापना गरिएको हो । बुढाथोकी चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६, पिपलडाँडाका हुन् । उनि एक प्रगतीशील साहित्यकार एवं पत्रकार थिए । उनले कञ्चन प्रियदर्शी नामले ख्याती कमाएका थिए । उनलाई बास्तबिक नामभन्दा पनि उपनामले नै सवैले चिन्दथे ।
पुस्तकालय स्थापना गर्ने कसजू उनकै सहयात्री हुन् । कञ्चनका सहयात्री भन्छन् “हामीले एक होनहार व्यक्तित्व गुमायौ, उहाँ परिवर्तनको पक्षमा उभिएर अन्यायका बिरुद्ध डटेर लाग्नुहुन्थ्यो । सोहीक्रममा उहाँले बिरगती प्राप्त गनुभयो । उहाँ भौतिक रुपमा हुनुहुन्न तर पनि उहाँको सपना र संकल्प जिवितै छ । र, त्यसैले उहाको सम्मानको लागि यो पुस्तकालय स्थापना गरिएको हो । कसजुले कार्की जस्तै सवैले हातेमालो गरि पुस्तकालयको बिकास र संरक्षणको लागि पर्न आग्रहसमेत गरेका छन् ।
उक्त पुस्तकालयबाट निःशुल्क कम्प्युटर तालिम पनि सञ्चालन हुदै आईरहेको कसजुले जानकारी दिए ।