यसरी मनाइयो सिन्धुपाल्चोकमा संविधान दिवश

यसरी मनाइयो सिन्धुपाल्चोकमा संविधान दिवश

फरक पत्रिका

बिहिबार, असोज ३ २०८१

यसरी मनाइयो सिन्धुपाल्चोकमा संविधान दिवश

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकमा विविध कार्यक्रमसहित संविधान दिवस २०८१ मनाइएको छ । दिवसको अवसरमा बिहीबार प्रभातफेरीको आयोजना गरिएको थियो ।
प्रभातफेरीमा प्रतिनिधिसभा सदस्य माधव सापकोटा, चाैतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा, कर्मचारीहरू वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरू, सञ्चारकर्मी, उद्याेगी, व्वयसायीलगायत उपस्थित थिए ।
साेहि क्रममा कर्मचारी मिलन केन्द्रले टेवुलटेनिस प्रतियाेगितकाे आयोजना गरेकाे थियाे । १६ सहभागी प्रतिष्पर्धी रहेकाे खेलमा भू-तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर मास्के प्रथम हुन सफल भएका छन् ।

प्रतियाेगितामा द्वितीय स्थान भू- तथा जलाधार व्यवस्थापन कार्यलयकै लाेकबहादुर श्रेष्ठ  र राष्ट्रिय अनुसन्धान कार्यालयका  प्रमुख अनुसन्धान अधिकृत राजन बिक्रम  प्रजापति तृतीय भए । प्रविण बस्नेतले सान्वना स्थान हासिल गरेका छन् ।
उनीहरूलाई दिवशकाे अवसरमा पुरस्कार वितरण गरिएकाे छ ।
संविधान  दिवशकै अवसरमा जिल्ला वन कार्यालयकाे संयाेजनमा वृक्षरोपण भएको छ । चाैतारा अस्पताल परिसरमा वृक्षाराेपण गरिएकाे हाे ।  अस्पतालका बिरामीलाई फलफूल वितरण, जेष्ठ नागरिककाे स्वास्थ्य परीक्षण,  धार्मिक तथा सार्वजनिक स्थलमा सरसफाइ गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित