काठमाडौ । महिनादिनसम्म पशुपतिमा कोटीहोम चल्यो । निकै चर्चा भयो अनि उत्तिकै विवाद पनि । अन्तिम दिन निकै लफडा भयो । कोटीहोमबारे प्रश्न उठाएका पत्रकारहरू कुटिए ।
यसैक्रममा न्पाल भ्युज डटकममा कार्यरत पत्रकार श्यासुन्दर पुडासैनीले आफू आयोजकबाट कुटिएको दावी गरेका छन् । मञ्चमा आफूलाई ठेलेर कुनातिर लगेको भिडियोसमेे शेयर गर्दै उनले आफू कानुनी बाटाेमा जाने र दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
“म बाँचेर आउन सफल भएँ । पशुपति कोटीहोमको रणमैदानमा बाँच्नु सामान्य कुरो थिएन । नपत्याए, विभिन्न फेसबुक पेजका लाइभ भिडिओ हेर्नुहोला ।
सत्यको खोजीमा मैले उठाएका प्रश्नहरूको उत्तर कुटपिट र आक्रमणबाट मतिर फर्किए ।
आयोजकमाथि प्रश्न उठाउँदै कुटिने व्यक्ति म दोस्रो हुँ, , अर्का एक आयोजककै नियन्त्रणमा छन् । उनको टाउको फुटेको छ । धन्न मेरो जोगियो ।
लाइभ भिडियोमा मलाई कुटपिट गर्दै पछ्याएको देख्नुहुने छ । कतिपयले मार्नुपर्छ भन्दै अन्धाधुन्ध आक्रमण गरे ।
हेल्मेट र पर्स मात्र होइन, पत्रकार परिचयपत्र र मसँग भएका केही सामग्री पनि लुटियो । भिडको क्रोधले घेराबन्दी गरेर मलाई मञ्चसम्म उचाल्यो । जबरजस्ती फूलमाला र खादा लगाइयो । त्यो दुर्व्यवहार थियो । पछि मञ्चबाट झारेर बाहिर लगेर टाउको र जीउमा अन्धाधुन्ध आक्रमण गरियो ।
धन्न, म बेहोस हुन नपाउँदै भाग्न सफल भए । धन्न मुलसधारे पानी परेको रहेछ र मलाई प्राण दियो ।
भागेर पार्किङमा पुग्दा पुग्दै, मेरो पछि लाग्दै आएका युवाहरूको आक्रोश भाटा र ढुङ्गामा परिणत भयो । हेलमेटदेखि जुत्तासम्म रहेनछ । च्यातिएकै भए पनि जीउको कपडा रहेछन् । धन्न चाबी च्यातिएको गोजीमै रहेछ । बाइक स्टार्ट गरेर मुसलधारे पानीमा रुझ्दै आइपुगेँ । मलाई पच्छाउँदै आएका केही बाइकहरू कता लागे पत्तो भएन ।
टाउकोमा चोट त छैन तर घेरै टुटिला छन् । पाताहरू चलाउन नहुनेछन् । सायद एक्स्रेमा केही रिर्पाेट आउला । खुट्टामा चिर्पट लागेको चोट छ । अहिले उपचारमा केन्द्रित छु ।
काठमाडौं प्रहरी प्रमुख र गौशाला वृत्त प्रमुखलाई कुटपीट र लुटपाटको घटनाबारे जानकारी गराएको छु । मेरो ज्यान लिने प्रयास गर्ने आयोजक विजय भण्डारी, उद्घोषक र केही युवाहरूलाई चिन्दछु । कतिपयलाई म चिन्दिन । मैले नचिनेका उनीहरु को थिए, अरूले खिचेका भिडिओ रेकर्डमा भेटिएलान् । कानुनी प्रक्रियामा जानेछु । र धर्मको खोल ओढेर लुट्ने धन्दामाथि सधैँ प्रश्न उठाइरहनेछु ।”