यसकारण कांग्रेस अनुशासन समितिबाट पदमुक्त भए हरिशरण श्रेष्ठ

यसकारण कांग्रेस अनुशासन समितिबाट पदमुक्त भए हरिशरण श्रेष्ठ

फरक पत्रिका

आइतबार, असार २४ २०८१

यसकारण कांग्रेस अनुशासन समितिबाट पदमुक्त भए हरिशरण श्रेष्ठ

सिन्धुपाल्चोक । नेपाली कांग्रेस बागमती प्रदेशका सह-महामन्त्री हरिशरण श्रेष्ठ अनुशासन समितिको संयोजक पदबाट मुक्त भएका छन् । बागमती प्रदेश समितिका सभापति इन्द्र बानियाले शुक्रबार पदबाट मुक्त गरेका हुन् ।

श्रेष्ठले जेठ २८ गते संयोजक पदबाट मुक्त गरीपाउँ भनेर बागमती प्रदेश कार्यसमितिलाई निवेदन दिएका थिए । निवेदनमा उनले कार्यव्यस्तताले जिम्मेवारी सम्हाल्न नसकेको उल्लेख गरेका छन् ।

श्रेष्ठले सिन्धुपाल्चोक जिल्ला सम्मेलनका क्रममा पूर्वस्वास्थ्यमन्त्री तथा सांसद मोहनबहादुर बस्नेतसँग वादविवाद भएपछि अनुशासन समितिको संयोजकको पदमा रहन उपयुक्त नलागेकोले पदमुक्त गर्न निवेदन दिएका थिए ।

‘गत असारमै बागमती प्रदेश कार्यसमितिको बैठकमा म संयोजकको जिम्मेवारीमा रहन्नँ भनेर मौखिक रूपमा भनेको थिएँ,’ श्रेष्ठले भने, ‘समितिले लिखित नै दिनुहोस् भनेपछि गत जेठमा लिखित निवेदन दिएको हुँ ।’

उनले आफ्नो चरित्र हत्या गर्न केही साइबर सेना लागेकोमा गुनासो गरे । ‘आफैँ अनुशासन संयोजकमा रहन्नँ भनेर निवेदन दिएको थिएँ । केही व्यक्तिहरूले सामाजिक सञ्जालमा चरित्र हत्या गरिरहेका छन् यसमा म दुखी छु,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित