भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच तीनबुँदे सहमति

भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच तीनबुँदे सहमति

फरक पत्रिका

मंगलबार, पौस ६ २०७८

भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच तीनबुँदे सहमति

काठमाडौं – सरकार र बाँदरझुला संघर्ष समितिबीच तीन बुँदे सहमति भएको छ। भूमि आयोगका तर्फबाट उपाध्यक्ष नहेन्द्र खड्का र संघर्ष समितिका तर्फबाट संयोजक शारदा आचार्यले हस्ताक्षर गरेको पत्रमा तीन बुँदे सहमति भएको उल्लेख गरिएको छ।

भूमि आयोग र संघर्ष समितिबीच बाँदरझुलामा फागुन मसान्तसम्म लगत संकलन र जग्गा नापजाँचको सूचना प्रकाशित गर्ने र लगत संकलनको निवेदन दिएकै दिन जग्गा नापजाँचको निस्सा वितरण गर्ने पहिलो सहमित भएको छ।

त्यस्तै, बाँदरझुलामा विद्युतीकरणका लागि बजेटसमेत पठाइसकेको अवस्थामा निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउन विद्युत प्राधिकरण र सो कार्यको सहजीकरणका लागि सम्बन्धित निकायहरुमा सहयोगका लागि नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई अनुरोध गरी तत्काल पत्राचार गर्ने सहमति भएको छ।

यसैगरी सरल, सहज र सुलभ रुपमा खेती गर्नका लागि ट्याक्टर प्रयोग गर्न पाउने वातावरण बनाउन वन तथा वातावरण मन्त्रालयलाई तत्काल पत्राचार गर्ने सहमति भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित