इलाम । इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले विजयी हासिल गरेका छन् । अग्रता कायम राखेका छन् । प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई हराउदै उनी विजयी बने । तेस्रो स्थानमा मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिम रहे ।
रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बू चाैथाेमा रहे । इलाम–२ मा १९ जना प्रतिस्पर्धी मैदानमा थिए ।
यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार २८७ जनाले शनिबार मतदान गरेका थिए।
इलाम २ मा रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत
इलाम क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो ।