इलाम : इलाम-२ उपनिर्वाचनको मतगणना जारी छ । मतगणना अन्तिम चरणमा पुगेको छ। नेकपा एमालेका सुहाङ नेम्वाङले २२ हजार ४९२ मत ल्याएर अग्रता कायमै राखेका छन्। मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले १६ हजार २२८ मत ल्याएका छन्।
सुहाङले डम्बरलाई ६ हजार २६४ मतान्तरले पछि पारेका छन्।
त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुले १० हजार २५१ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३ हजार ७६८ मत ल्याएका छन्।