बझाङ । बझाङ प्रदेशसभा (१) को उप-निर्वाचनमा भएको मतदानकाे गणना जारी छ। कांग्रेसले लिएको अग्रता उल्टिएको छ ।
बझाङ जिल्लाकाे उप निर्वाचनको अहिले सम्मकाे मतपरिणाम जम्मा मतगणना २६८०१ गरिएको छ। जसमध्ये सदर मत २६२१८ रहेको छ । नेकपा एमालेका दमन भण्डारीले ९८८९ पाउँदा कांग्रेसका अभिषेक सिंहले ९८८० मत पाएका छन् । उनीहरू बीचको मतअन्तर ९ रहेको छ ।
तेस्रो स्थानमा रहेका माओवादीका जनक बुढाले ३६६३ पाउँदा
कलम चिन्हका एकीकृत समाजवादीका दिल बहादुर सिंहले २४०५ मत पाए ।
हेर्नुहाेस् अरूको मत कति :
हलाे : २३२
मादल २०
लाउड स्पिकर २४
खुकुरि : २७
छाता ४१
माहुरि २
आमा ३५
अब तलकाेट गाउँपालिकाकाे वडा नम्बर ४/५/६ र ७ त्यस्तै साईपाल गाउँपालिकाकाे वडा नम्बर १ देखि ५ सम्म सबै वडाकाे मतगणना गर्न बाँकि छ । जम्मा ९ वडा वडाकाे मतगणना गर्न बाँकि रहेकाे छ ।