बझाङ । बझाङ प्रदेशसभा (१) को उप-निर्वाचनमा भएको मतदानकाे गणना जारी छ। कांग्रेसले अग्रता कायम राखेको छ।
कांग्रेसका अभिषेक सिंह नाै हजार एक सय ६७ मत ल्याएका छन् । याे मत उनका निकटम प्रतिस्पर्धी एमालेका दमन भण्डारीको भन्दा ८३ ले बढी हो । भण्डारीले नाै हजार ८४ मत पाएका छन्।
तेस्रो स्थानमा रहेका माओवादीका जनक बुढाले तीन हजार पाँच सय ३६ मत ल्याएका छन भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार तीन सय ३५ मत पाएका छन्।