इलाम -२ : मत बढाउँदै डकेन्द्र, सुहाङ, डम्बर र मिलनले कति मत ल्याए?

इलाम -२ : मत बढाउँदै डकेन्द्र, सुहाङ, डम्बर र मिलनले कति मत ल्याए?

फरक पत्रिका

सोमबार, बैशाख १७ २०८१

इलाम -२ : मत बढाउँदै डकेन्द्र, सुहाङ, डम्बर र मिलनले कति मत ल्याए?

इलाम । इलाम-२ मा भएको उपनिर्पाचनकोे मतगणना जारी छ । एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन् ।
अहिलेसम्म फाकफोकथुम, चुलाचुली गाउँपालिका पूरै र माङसेबुङ गाउँपालिकाको वडा नम्बर १ को मत गणना गर्दा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले २६१८ मतले अग्रता लिएका छन्। नेम्वाङले ८८९८ मत ल्याएका छन्।
नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६२८० मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिमले ४६३४ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ। रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले १३०५ मत ल्याएका छन्। इलाम–२ मा १९ जना प्रतिस्पर्धी मैदानमा छन्।

एकीकृत समाजवादीका जीतबहादुर राईले अहिलेसम्म २४० मत प्राप्त गरेका छन्। जनमत पार्टीको प्रेमकुमार थाम्सुहाङले ५४ मत प्राप्त गरेका छन्।

इलाम–२ मा अहिलेसम्म २१ हजार ८१० सदर मत गणना भएको छ।
यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार २८७ जनाले शनिबार मतदान गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित