आचारसंहिता मिच्दै रास्वपाका उम्मेदवार लिम्बुले गरे मतदान, के होेला कारबाही ?

आचारसंहिता मिच्दै रास्वपाका उम्मेदवार लिम्बुले गरे मतदान, के होेला कारबाही ?

फरक पत्रिका

शनिबार, बैशाख १५ २०८१

आचारसंहिता मिच्दै रास्वपाका उम्मेदवार लिम्बुले गरे मतदान, के होेला कारबाही ?

इलाम । प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा आज ( शनिबार) मतदान भइरहेको छ।
यहाँ हालसम्म ४२ प्रतिशत मतदाताले मताधिकार प्रयोग गरिसकेका छन।
प्रमुख दलका उम्मेदवारहरूले पनि मतदान गरिसकेका छन् । तर,
शनिबार मतदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेरै मतदान गरे । उनले आफ्नो चुनाव चिन्ह घण्टीअंकित लोेगो लगाएर मतदान गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार  मतदान केन्द्रमा कुनै पनि दलको निर्वाचन चिन्ह अंकित पोशाक वा ब्याज लगाउन पाइन्न।
उनले माङसेबुङ-२ स्थित जनताकल्याण आवासीय विद्यालय मतदानस्थलको ‘ख’ केन्द्रमा पहिलो मतदान गरेका थिए। उनले गरेको आचारसंहिता उल्लंघनबारे सबै निकाय माैन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित