बझाङ । बझाङमा भएकोे उपनिर्वाचनमा अपेक्षित मत खस्न सकेको छैन । केही मतदानस्थलहरू १ बजे नै खाली देखिन थालेका छन् ।
बझाङको प्रदेश सभा १(१)मा १ बजेसम्म २२ प्रतिशत मतदान भएको छ । सम्पूर्ण मतदानस्थल र केन्द्रहरूमा शनिबार बिहान ७ बजेदेखि मतदान सुरू भएको थियो।
सबै मतदानस्थल र केन्द्रहरूमा शान्तिपूर्ण तवरले मतदान चलिरहेको प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।
बझाङमा उपनिर्वाचन भएको प्रदेश सभा १(१) मा ६१ हजार ७४८ मतदाता छन्।
तस्बिर : सामाजिक सञ्जाल