इलाम-२ :एक्जिट पोलको नाममा नक्कली मतपत्र तयार गरी मतदान

इलाम-२ :एक्जिट पोलको नाममा नक्कली मतपत्र तयार गरी मतदान

फरक पत्रिका

शनिबार, बैशाख १५ २०८१

इलाम-२ :एक्जिट पोलको नाममा नक्कली मतपत्र तयार गरी मतदान

इलाम । इलाम–२ मा उपनिर्वाचन जारी छ । विहान ११ बजेसम्म २२ प्रतिशत मत खसेकाे छ । तर यहाँ नक्कली मतदान गराएको पाइएको प्रहरीले जनाएको छ । मतदान केन्द्रभित्रै एक्जिट पोलको नाममा नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएको हो ।
यस्ताे मतदान महेन्द्र रत्न बहुमुखी क्याम्पसकाे केन्द्रमा भएकाे छ । केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाईएकाे हाे । यस्ताे कार्य गराउने समूहको सामग्री प्रहरीले बरामद गरेपछि नक्कली मतपत्रबाट मतदान भएकाे पुष्टि भएकाे छ ।
यस्ताे कार्य मतदान सुरु भएको दुई घण्टाभित्र गरिएकाे अनुमान छ । क्याम्पसमा बसोबास गर्ने ४ जना महिला विद्यार्थीहरुलाई प्रतिव्यक्ति १५०० दिएर नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

तस्बिर : सामाजिक  सञ्जालबाट

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित