काठमाडौं । गण्डकी प्रदेशमा दुई जनालाई मन्त्रालयकाे जिम्मेवारी दिईएकाे छ । मुख्यमन्त्री खगराज अधिकारीले विनाविभागीय मन्त्री हरिबहादुर चुमान र राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्रालयको जिम्मेवारी तोकेका हुन्।
चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मा दिएकाे स्राेतले जनाएको छ ।
चुमान काठमाडौं छन् भने मन्त्रालयको जिम्मेवारी तोकिएपछि अधिकारी पनि काठमाडौं हानिएका छन् ।
सत्तामा भागबण्डा मिलाउन गण्डकीमा भएका ७ वटा मन्त्रालयबाट ९ वटा मन्त्रालय पुर्याएकाे छ ।