सिन्धु एमाले अधिवेशन : को-को जिते, को-को हारे, कस्ले कति मत ल्याए (सूचीसहित)

सिन्धु एमाले अधिवेशन : को-को जिते, को-को हारे, कस्ले कति मत ल्याए (सूचीसहित)

फरक पत्रिका

मंगलबार, चैत्र २० २०८०

सिन्धु एमाले अधिवेशन : को-को जिते, को-को हारे, कस्ले कति मत ल्याए (सूचीसहित)

सिन्धुपाल्चोक । नेकपा (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा हाेमनारायण श्रेष्ठ विजयी भएका छन् । प्रत्यासी कमल नेपाललाई १४ मतअन्तरले हराउँदै श्रेष्ठ विजयी बनेका हुन् ।
नेपाल र श्रेष्ठले समूह बनाएर अध्यक्षमा उम्मेदवारी दिएका थिए।
नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल ७ सय १३ मत खसेकाे थियाे । श्रेष्ठले ३६३ मत ल्याउँदा नेपालले ३४९ मत प्राप्त गरे ।

नेपालको समूहबाट उपाध्यक्षमा अर्जुन भण्डारी र श्रेष्ठ समुुहबाट विष्णुमणी आचार्य चुनावी मैदानमा थिए । उपाध्यक्षमा भण्डारी ३४५ मत ल्याएर विजयी भए ।आचार्यले ३०७ मत ल्याए।
त्यस्तेै सचिवमा कृष्णगोपाल तामाङले जित हासिल गरे । नेपाल समूहका उनले ४०३ मत ल्याएर विजयी हुँदा श्रेष्ठ समूहका यज्ञराज सापकोटाले २७० मत ल्याए।
त्यस्तै खुला उपसचिवमा शिवहरि सापकोटा र विजयकृष्ण श्रेष्ठले चुनावी स्पर्धा गरेका थिए । जसमा सापकोटाले ३३६ मत ल्याएर विजयी भए । श्रेष्ठले ३१३ ले मत प्राप्त गरे ।
महिलातर्फ सुशीला पाख्रिन ४५६ मत ल्याउँदै विजयी भईन् ।शोभा कार्कीले २०८ मात्रै मत पाईन् ।
अधिवेशनले १०३ सदस्यीय कमिटी चयन गर्नेछ। त्यसमध्ये जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेको छैन।विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिइसकेका छन् भने पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ।
अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित