हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्राचार्यलाई कारबाही गर्ने

हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्राचार्यलाई कारबाही गर्ने

फरक पत्रिका

शुक्रबार, चैत्र १६ २०८०

हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्राचार्यलाई कारबाही गर्ने

हेटौंडा। हाम्रो नेपाली पार्टी (हानेपा) ले प्रदेशमा हालै नियुक्त भएका पार्टीका नेतालाई कारबाही गर्ने भएको छ ।

 

हिजो मात्रै बागमती प्रदेश सरकारमा सहभागी भएका प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको हो ।

शुक्रबार प्रदेश राजधानी हेटौंडामा आकस्मिक पत्रकार सम्मेलन गर्दै सो पार्टीका केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले पार्टी निर्णय विरुद्ध गएका भन्दै बज्राचार्यलाई कारबाही गर्ने जनाएका हुन ।

 

बज्राचार्य बिहीबार मात्रै प्रदेशको संकृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त भएका थिए । उनी सत्ता साझेदार दलहरुसँग ५ बुँदे सहमती गर्दै सरकारमा सहभागी भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित