काठमाडौ । वैशाख १५ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले छिट्टै उम्मेद्वार चयन गर्दैछ ।कांग्रेसले प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि हुने उपनिर्वाचनका लागि उम्मेद्वार चयन गर्न लागेकाे हाे ।
कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवार चयन गर्नछन् । कांग्रेस स्राेतअनुसार देउवाले चैत १८ मा उम्मेदवार गर्नेछन् ।
सभापति देउवाले कसलाई उम्मेदवार बनाउने बारेमा भने हालसम्म कुनै संकेतसमेत गरेका छैनन् । कांग्रेसमा संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ ।