एमालेको अडान: संसद् अवरोध खुलाउन सभामुखले राजीनामा दिनुपर्ने

एमालेको अडान: संसद् अवरोध खुलाउन सभामुखले राजीनामा दिनुपर्ने

फरक पत्रिका

शुक्रबार, पौस २ २०७८

एमालेको अडान: संसद् अवरोध खुलाउन सभामुखले राजीनामा दिनुपर्ने

काठमाडौँ – नेकपा एमालेले संघीय संसद्को अवरोध हट्नका लागि सभामुखले पदबाट राजीनामा दिनुपर्ने बताएको छ । एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । उनले एमालेले कारबाही गरेका १४ जना सांसदलाई संसद्भित्र राखेर संसद् बैठक चल्न नसक्ने अडान पनि दोहोर्‍याए ।

‘संसद्मा जारी गतिरोधसँग हामीले आफ्नो कुरा स्पष्टसँग पहिलेदेखि नै भन्दै आएका छौँ । एमालेले कारबाही गरेका १४ जना सांसदलाई राखेर संसद् बैठक सुरु गरिएको छ । ती सांसदहरुमाथि अदालतमा मुद्दा चलिरहेको छ,’ उनले भने, ‘हामीले गरेको कारबाहीलाई सदर नगर्ने निर्णयबाट सभामुख पछि हट्न नसक्ने हो भने उहाँले संसद् चलाउन मार्ग प्रशस्त गरेर राजीनामा दिनुपर्छ । सभामुखले कमजोरी नसच्याएसम्म संसद् अघि बढ्न सक्दैन।’

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित