पूर्व सभामुख कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाडियाे

पूर्व सभामुख कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाडियाे

फरक पत्रिका

शुक्रबार, चैत्र ९ २०८०

पूर्व सभामुख कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाडियाे

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाडिएकाे छ । उनी इलेक्ट्रिक चुरोट (भेप)मार्फत ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए ।

प्रहरीले गत सोमबार (चैत ५ गते) महरालाई कपिलवस्तुबाट पक्राउ गरेको थियो ।

‘निज पक्राउ व्यक्ति स्वयंले आफू टिबी, युरिक एसिड, प्रोस्टेटको बिरामी रहेको भनी उल्लेख गरेकाले आवश्यक उपचारको प्रबन्ध गर्न अनुस निकायलाई निर्देशन समेत दिएको छ,’ आदेशमा भनिएको छ ।

मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ अनुसार हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने प्रावधान छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित