जनकपुर। नेकपा माओवादी केन्द्रका एक नेताले पार्टी परित्यागकाे घाेषणा गरेका छन् । संविधानसभा सदस्य रामकुमार शर्माले नेकपा माओवादी केन्द्र परित्यागको घोषणा गरेका हुन् । उनी पार्टीका केन्द्रीय सदस्य समेत रहेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।
उनले पार्टीका प्रमुख पदाधिकारीहरु बिभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको, माओवादी पार्टी नभएर गुटैगुटका महासंघमा रुपान्तरण भएको, जनयुद्धको दौरान आफैले उठाएको मुद्दाबाट च्युत हुदै गएको टिप्पणी गरेका छन् ।
शर्माले पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको काममा असन्तुष्टी जनाउँदै पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समिक्षा गर्दा आकाश पतालको फरक पाएको अनुभूति हुन्छ !’