नेकपाको जागरण अभियानको तयारी सकियो, अभियान किन ?

नेकपाको जागरण अभियानको तयारी सकियो, अभियान किन ?

फरक पत्रिका

मंगलबार, मंसिर २ २०८३

नेकपाको जागरण अभियानको तयारी सकियो, अभियान किन ?

सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टीको जागरण अभियानको तयारी सिन्धुपाल्चोकमा सकिएको छ । दुवै निर्वाचन क्षेत्रमा तयारी बैठक सकिएसँगै अभियानमा पार्टी होमिएको हो ।
नेकपाबाट सिन्धुपाल्चोक २ मा निर्वाचनमा उम्मेदवार भइ सांसद भएका युवराज दुलालले अभियानको तयारी सकिएको जनाएका हुन् । उनले सिन्धुपाल्चोक जिल्ला २ नं. क्षेत्रको पॉचवटै पालिकाको तयारी बैठकमा सहभागी भइ राष्ट्रिय जागरण अभियानको तयारी बैठक सकिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए ।
उनले पालिकाका केन्द्रहरु चौतारा, नवलपुर, मेलम्ची, तिपेनी र किउलबाट हुने१ नं. क्षेत्रका पनि सबै पालिका गरी १२ वटै पालिकाको यही मंसिर ५ गते एकैसाथ पालिकास्तरको राष्ट्रिय जागरण अभियान शुभारम्भ हुने र मंसिर २५ सम्म निरन्तर अभियान सन्चालन हुने उनले उल्लेख गरेका छन् ।
त्यस्तै नेता माधव सापकोटाले पनि जागरण अभियानको तस्वीर सार्वजनिक गर्दे सबैमा आभार व्यक्त गररेका छन् । उनी बाह्रविसेको अभियानमा व्यस्त थिए । सिन्धुपाल्चोक,बार्हबिसे नगरपालिका–६, मान्द्रामा राष्ट्रिय जनजागरण अभियानका क्रममा स्थानीय कमरेडहरूबाट भव्य स्वागतसहित उत्साहजनक कार्यक्रम सम्पन्न भएको उनले जनाएका छन् ।
कार्यक्रमलाई सफल र ऊर्जावान बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने कमरेड निमफुञ्जो शेर्पासहित सम्पूर्ण कमरेडहरूमा हार्दिक धन्यवाद तथा आभार उनले व्यक्त गरेका हुन् ।
यस अभियानमा पार्टी सदस्यता नवीकरण र विस्तार, वडा भेला र अधिवेसन आयोजक समिति घोषणा स्थानीय निर्वाचनको प्रारम्भिक अनुमान र तयारी तथा सरकारका गतिबिधि र राष्ट्रिय विषयहरुमा आम नागरिकमा सुसूचित गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित