…अनि छोट्टियो सेलाङवासीका लागि ३ घण्टाको समय १० मिनेटमा

…अनि छोट्टियो सेलाङवासीका लागि ३ घण्टाको समय १० मिनेटमा

फरक पत्रिका

शुक्रबार, कार्तिक १४ २०८३

…अनि छोट्टियो सेलाङवासीका लागि ३ घण्टाको समय १० मिनेटमा

सिन्धुपाल्चोक । कुनै समय थियो सिन्धुपाल्चोकको जुगल गाउँपालिका १ सेलाङका केही टोलवासी गाउँ पारी रहेको खेतमा पुग्न घुमाउरो बाटो पैदलमा तीन घण्टा लगाउँथे । खेतमा उत्पादन भएको मकै, धानलगायत बाली घर भित्र्याउन उस्तै सकस । उता लम्बेतान समय खर्च । यो समस्या विशेषगरी डाँडाटोल, मुखिया टोल, माथ्लो टोलवासीमा थियो । झण्डै ७० घरधुरीका लागि ।
तर, अहिले यो समस्याबाट मुक्ती पाएका छनु गाउँवासीले । जसको कारण हो झोलुंगेपुल । डाँडाटोलबाट जांगाती जोड्ने पुल बनेपछि अहिले गाउँवासीको दैनिकी फेरिएको छ । घर र खेत गर्न सहज भएको छ । समयको बचत भएको छ । गाउँका अगुवा टंकबहादुर सिलवालका अनुसार काल्चे खोलामा पुल बनेपछि गाउँवासीले झेल्दै आएको पुर्खाैंदेखिको समस्या समाधान भएको हो । प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट १९६ मिटर लामो पुल बनेको उनले फरकपत्रिकालाई जानकारी दिए ।
उसो त यो पुलको मागसमेत प्रदेश सरकारसामू उनै टंकले गरेका थिए । उनै पहलमा यो पुल निर्माण भएको उनैको दाबी छ । १ करोड ४५ लाख रुपैयाँ खर्चिएको यो पुलले ३ भण्टाको समय १० मिनेटमै घटाइदिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित