व्यक्तिभन्दा नीति, गुटभन्दा संगठन र निर्वाचनभन्दा एकतालाई केन्द्रमा राख्नुपर्छ

व्यक्तिभन्दा नीति, गुटभन्दा संगठन र निर्वाचनभन्दा एकतालाई केन्द्रमा राख्नुपर्छ

फरक पत्रिका

आइतबार, असोज ११ २०८३

व्यक्तिभन्दा नीति, गुटभन्दा संगठन र निर्वाचनभन्दा एकतालाई केन्द्रमा राख्नुपर्छ

अहिले नेपाली कांग्रेसको १५ औं महाधिवेशनले राजनीति वृत्तमा सिंगो मुलुक तातेको छ । टोल टोलमा कांग्रेसका गफहरुले माहोल झनै बढाइरहेको अवस्था छ । सिन्धुपाल्चोक पनि देशको यो परिदृष्यबाट अछुतो छैन । यहाँ वडा, पालिकाको अधिवेशन सकेको कांग्रेस अब तत्काल क्षेत्र र प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । यसै सिलसिलामा हालै मेलम्ची नगरपालिकाबाट नेपाली कांग्रेसको नगर सभापतिमा निर्वाचित हुनुभएका अमृत खनालसँग फरकपत्रिकाका लागि संघारमै आएको क्षेत्रीय अधिवेशनबारे गरिएको ५ वार्तालाप यहाँ प्रस्तुत गरिएको छ ।

१)क्षेत्रीय अधिवेशनलाई मेलम्ची नगरले कुन रूपमा हेरिरहेको छ ?
क्षेत्रीय अधिवेशनलाई हामी केवल नेतृत्व चयन गर्ने कार्यक्रमका रूपमा होइन, संगठनलाई नयाँ ऊर्जा, नयाँ दिशा र नयाँ एकताका साथ अघि बढाउने अवसरका रूपमा हेरेका छौँ। मेलम्ची नगरको सक्रिय र रचनात्मक सहभागिता रहनेछ । मञ्च व्यवस्थापन भइसकेको छ।

२) नगरका सबै वडाबाट प्रतिनिधित्व गराउन कस्तो तयारी गर्नुभएको छ, आधार के बनाइएको छ ?
क्षेत्रका ४९ वडाको समान सम्मान र न्यायोचित सहभागिता सुनिश्चित गर्ने गरी समन्वय र छलफललाई प्राथमिकता दिएका छौँ। आधार भनेको व्यक्तिगत गुट वा आग्रह होइन, वडा तहको सहभागिता, क्रियाशीलता, योगदान र संगठनप्रतिको प्रतिबद्धता हो।

३) क्षेत्रीय अधिवेशनमा नगरको मुख्य एजेण्डा के हुनेछ ?
हाम्रो मुख्य एजेण्डा संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान, युवाको सहभागिता, समावेशी नेतृत्व र जनतासँग जोडिएको कांग्रेस निर्माण हो। अधिवेशनपछि पनि संगठनलाई निरन्तर सक्रिय बनाउने हाम्रो प्राथमिकता हुनेछ।

४) क्षेत्रीय नेतृत्वमा नगरको भूमिका र अपेक्षा के छ ?
मेलम्ची क्षेत्रको महत्वपूर्ण नगरपालिका भएकाले नगरको भूमिका समन्वयकारी, रचनात्मक र जिम्मेवार हुनेछ। क्षेत्रीय नेतृत्वले सबै पालिका र वडालाई समान रूपमा समेटेर संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन र जनताका मुद्दालाई प्राथमिकता दिने नेतृत्व दिनुपर्छ भन्ने हाम्रो अपेक्षा छ।

५) क्षेत्रीय अधिवेशनलाई गुटगत प्रतिस्पर्धाभन्दा संगठन सुदृढीकरणतर्फ लैजान के गर्नुपर्छ ?
प्रतिस्पर्धा लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक पक्ष हो। तर प्रतिस्पर्धापछि सबै एउटै संगठनका साथी हौँ भन्ने भावना कायम हुनुपर्छ। व्यक्तिभन्दा नीति, गुटभन्दा संगठन र निर्वाचनभन्दा एकतालाई केन्द्रमा राख्नुपर्छ। अधिवेशन सकिँदा को जित्यो–को हार्‍योभन्दा कांग्रेस कसरी बलियो भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ। नेपाली कांग्रेसको अधिवेशनले यही सन्देश दिन सक्नुपर्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित