२८ वर्षपछि कांग्रेसलाई वडा जिताउन भूमिका निर्वाह गरेका कुमार प्रदेश प्रतिनिधिको उम्मेदवार

२८ वर्षपछि कांग्रेसलाई वडा जिताउन भूमिका निर्वाह गरेका कुमार प्रदेश प्रतिनिधिको उम्मेदवार

फरक पत्रिका

आइतबार, असोज ११ २०८३

२८ वर्षपछि कांग्रेसलाई वडा जिताउन भूमिका निर्वाह गरेका कुमार प्रदेश प्रतिनिधिको उम्मेदवार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडातह र पालिकातहको अधिवेशन सम्पन्न भइसकेको छ । सिन्धु कांग्रेस क्षेत्रीय र प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । असोज १० का लागि तोकिएको अधिवेशन मौसमका कारण सरेको थियो । यो अधिवेशन असोज १२ र १३ गते मेलम्चीमा हुँदैछ ।
अधिवेशनमा मनेनयनको दिन नजिकिँदै गर्दा विभिन्न नेताहरुले आ आफ्नो दाबी प्रस्तुत गरि उम्मेदवारीको घोषणा गरिरहेका छन् ।
सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं।२ प्रदेशसभा ‘क’ बाट प्रदेश महाधिवेशन प्रतिनिधि पदका लागि कुमार धितालले उम्मेदवारी घोषणा गरेका छन्। सानै उमेरदेखि विद्यार्थी तथा सामाजिक गतिविधिमा सक्रिय उनले सामाजिक सञ्जालमार्फत् आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
सदरमुकाम चौतारामा विद्यँर्थी जीवनबाट नेविसंघको राजनीतिबाट यात्रा थालनी गरेका धिताल लामो समयदेखि कांग्रेसको मूल राजनीतिमासमेत सक्रिय छनु । उनले गएको स्थानीय तह निर्वाचनमा उनको सक्रियताले चौतारा साँगाचोकगढी नगरपालिका ७ मा कांग्रेसले चुनाव जितेको थियो । २८ वर्षपछि साविक सानोसिरुवारी हाल चौतरा ७ कांग्रेसको नेतृत्वमा ल्याउन उनले अहम् भूमिका निर्वाह गरेका थिए ।

विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै आएका धितालले आफूले प्राप्त गरेको अनुभवलाई पार्टी संगठन सुदृढीकरण र नयाँ पुस्ताको सहभागिता बढाउन उपयोग गर्ने बताएका छन्।

उनले विधि, विचार र संगठनलाई केन्द्रमा राख्दै युवा पुस्ताको सक्रिय सहभागितासहित कांग्रेसलाई थप सशक्त बनाउने उद्देश्यले प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित