सिन्धुपाल्चोक । पूर्व सभापति शेरबहादुर देउवासमूहले आफ्नो नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समिति सिन्धुपाल्चोकको कार्यसमिति विस्तार गरेको छ। आज पूर्व केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको उपस्थितिमा विभिन्न पद बाँडफाँट गरिएको हो ।
यसअघि नै महाधिवेशन तयारीका लागि लालकाजी तामाङलाई संयोजक तोकिएको थियो । कार्यसमिति विस्तार गरिँदा सहयोजक, सचिव, सहसचिव, क्षेत्रीय संयोक र सचिव, प्रदेश संयोजक र सचिव तथा पालिका संयोजक तोकिएको हो ।कांग्रेस सिन्धुपाल्चोकको १५औँ महाधिवेशन तयारी समितिका जिल्ला संयोजक लालकाजी तामाङले विस्तारित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारीप्रति निष्ठा, इमानदारी र प्रतिबद्धताका साथ सक्रिय हुन आग्रह गरेका छन्।
नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकले जिल्ला ,क्षेत्र ,प्रदेश र पालीकामा १५ औं महाधिवेशनका लागि बिभिन्न पदमा मनोनीत गरेको छ,
१) लालकाजी तामाङ जिल्ला संयोजक
२) बिदुर प्रसाद घोरासैनि जिल्ला सह संयोजक
३) निराजन चौलागाईं जिल्ला सचिव
४) जीवन राउत जिल्ला सचिव
५) दिनेश गिरी (राकेश) जिल्ला सह सचिव
६) प्रकाश बस्नेत काजी क्षेत्र न २ संयोजक
७) राजकुमार रायमाझी क्षेत्रीय नं२, सचिव
८) रामशरण गिरी क्षेत्र न २ प्रदेश ख संयोजक
९) दानोर्बु शेर्पा क्षेत्र न १ क प्रदेश संयोजक
१०) समिर तामाङ क्षेत्र नं२, प्रदेश ख संयोजक
११) कृष्णबहादुर तामाङ इन्द्रावती गापा संयोजक
१२) रामकृष्ण ढुंगाना चौसागढी नगर संयोजक
१३) मिठु बोहोरा त्रिपुरासुन्दरि गापा संयोजक
१४) महेश दास श्रेष्ठ पाँचपोखरी गा।पा संयोजक
१५) कुमार बस्नेत सुनकोसी गापा संयोजक
१६) रबि तामाङ जुगल गापा संयोजक
१७) सुनलाल तामाङ बलेफी गापा संयोजक