चौतारामा खस्किएको नेविसंघलाई जुरुक्कै उठाएका अनिल केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार

चौतारामा खस्किएको नेविसंघलाई जुरुक्कै उठाएका अनिल केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार

फरक पत्रिका

शनिबार, असोज १० २०८३

चौतारामा खस्किएको नेविसंघलाई जुरुक्कै उठाएका अनिल केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार

सिन्धुपाल्चोक । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अनिलकुमार सापकोटाले आउँदो नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उनले सिन्धुपाल्चोक २ बाट खुला युवा (३५ वर्षमुनि)बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
कुनै समय थियो सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा नेविसंघ निकै खस्किसकेको थियो । त्यतिबेला सापकोटा चौतारा केन्द्रीत विद्यार्थी राजनीतिमा भित्रिए । २०७२ सालमा चौतारा बहुमुखी क्याम्पस, नेपाल विद्यार्थी संघ इकाइ समितिको सचिवको जिम्मेवारी निर्वाह गरेसँगै उनी खस्किएको संघलाई कसरी उकास्ने भन्नेमा चिन्तित रहे ।
त्यतिबेला अन्य विद्यार्थी संगठनको दबदबा चौतारामा थियो । सदरमुकममै नेविसंघ निकै कमजोर भएपछि उनले अनेक जुक्ति निकाले अनि विभिन्न कार्यक्रम, कोठे भेलादेखि सदरमुकाममा नेविसंघनिकट विद्यार्थीहरुको भेला आयोजना गर्ने मात्रै नभई सदयता विस्तारमा सक्रिय बने । यसको अर्काे नतिजा उनलाई देखाउनु थियो त्यो हो स्वतन्त्र विद्यार्थी युनियनको नजिकिँदो चुनाव ।
वर्षदिन निकै संघर्ष गरे । नतिजामा फलस्वरुप नेविसंघको सदस्यता बढ्यो केही छाति फुलाउने बाटो उनीमा भयो । त्यतिबेला कांग्रेस नेताहरु नै भन्ने गर्थे कि चौतारामा खस्किएको नेविसंघलाई अनिलले जुरुक्कै उठाए ।
उनै अनिल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका छन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरी संगठन निर्माण, नेतृत्व र कार्यकर्तासँगको निरन्तर सहकार्यमा लामो अनुभव हासिल गरेका अनिलले संगठनलाई थप सुदृढ, सक्रिय र गतिशील बनाउने प्रतिबद्धतासहित महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिएका छन् ।
पुस्तौदेखि नेपाली कांग्रेसको विरासत धान्दै आएको उनको परिवारको कांग्रेसी नसा पनि उनमा सरेको थियो । सोही क्रममा अनिलले २०६६ सालमा नेपाल विद्यार्थी संघको सदस्यका रूपमा विद्यार्थी संगठनमा औपचारिक राजनीतिक यात्रा प्रारम्भ गरे ।
२०६८ सालमा सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा देखिएको बेथिति तथा अनियमितताविरुद्ध आयोजित आन्दोलनमा सक्रिय सहभागिता जनाएका उनी २०७२ सालमा चौतारा बहुमुखी क्याम्पस, नेपाल विद्यार्थी संघ इकाइ समितिको सचिवको जिम्मेवारी निर्वाह गर्न पुगे ।
२०७३ सालमा चौतारा बहुमुखी क्याम्पस, नेपाल विद्यार्थी संघ इकाइ समितिको सभापतिको जिम्मेवारी निर्वाह गरेका उनी सोही वर्षको क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार बनेका थिए ।
२०७६ सालमा नेपाली कांग्रेस, सिन्धुपाल्चोक क्षेत्र नं. २ को विद्यार्थी विभाग प्रमुखको जिम्मेवारी सम्हालेका उनी २०७८ सालमा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधिमा निर्वाचित भए । राजनीतिक रुपमा फड्को मार्दै राजनीतिक जीवनलाई उचाईंतिर लम्काइरहेका अनिल २०८० साल नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित