प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यासी वंशलालको खुला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यासी वंशलालको खुला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

फरक पत्रिका

शनिबार, असोज १० २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यासी वंशलालको खुला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक । गएको फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यासी वंशलाल तामाङले केन्द्रीय महाधिवेशन प्रतिनिधि खुला पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट तामाङले उम्मेदवारी दिने भएका हुन् ।बाट
उनले २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्राको थालनी गरेका थिए । विद्यार्थी कालमा उनी इकाइ सभापतिदेखि विभिन्न पदमा जिम्मेवारी सम्हाल्दै जिल्ला अध्यक्षसमेत बनेका थिए ।२०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय रहेका उनी आन्दोलनका क्रममा पटक–पटक पक्राउ र नजरबन्दमा परे । ४० वर्षे राजनीतिक जीवनका क्रममा उनी विद्यँर्थी लिडरका अलावा जिल्लामा कांग्रेसको विभिन्न पदमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरे । उनी कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सदस्य हुँदै जिल्ला सचिव पनि भए । त्यसका साथै, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिको जिम्मेवारी उनले सम्हालिसकेका छन् ।
तामाङ २०७४ सालमा इन्द्रावती गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । स्थानीय तहको नेतृत्वसँगै उनले गाउँपालिका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित