कांग्रेस अधिवेशन : प्रेस युनियन वाग्मतीका अध्यक्ष पुरीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

कांग्रेस अधिवेशन : प्रेस युनियन वाग्मतीका अध्यक्ष पुरीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

फरक पत्रिका

शनिबार, असोज १० २०८३

कांग्रेस अधिवेशन : प्रेस युनियन वाग्मतीका अध्यक्ष पुरीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक । नेपाल प्रेस युनियन वाग्मती प्रदेशका अध्यक्ष युवराज पुरीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषयविज्ञ तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ उम्मेदवारी दिएका छन्। उनले सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र २ बाट आफ्नो उम्मेदवारी दिन लागेका हुन् ।

पत्रकारिता, राजनीति र सामाजिक कार्यको अनुभवलाई संगठन निर्माण र सशक्त एवम सुदृढ नेपाली कांग्रेस बनाउने अभियानमा लगानी गर्ने सोचका साथ उनले उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।
पुरी हाल नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन बाग्मती प्रदेश समितिका अध्यक्ष छन् । उनी प्रेस य्नियन सिन्धुपाल्चोकका पूर्व अध्यक्षसमेत हुन् । विभिन्न समाजिक संस्थामा जोडिएर समाजसेवामासमेत सक्रिय पुरी नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका समेत पूर्व अध्यक्ष हुन् ।
लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र पार्टी गतिविधिमा समेत उनी सक्रिय रहँदै आएका छन् । पत्रकारिता मात्रै नभई उनलेले पार्टीका विभिन्न तह र जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने, पार्टीभित्र निरन्तर संवाद र समन्वय कायम गर्ने तथा पार्टीको लोकतान्त्रिक मूल्य, विधि र विधानलाई आत्मसात् गर्दै आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित