काठमाडौं । सिन्धुपाल्चोकमा नेपाली कांग्रेस संस्थापन समूहले सबै वडा र गाउँ तथा नगरमा अधिवेशन सकेको छ । अहिले क्षेत्रीय र प्रदेश अधिवेशनको संघारमा छ ।
तर, पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने १५औँ महाधिवेशन गर्न सिन्धुपाल्चोकमा लालकाजी तामाङलाई जिल्लामा महाधिवेशन तयारीको संयोजन गर्ने जिम्मेवारी दिएको छ ।
देउवा पक्षका तर्फबाट गठित १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा शशाङ्क कोइरालाले तामाङलाई सिन्धुपाल्चोकको संयोजकको जिम्मेवारी दिएका हुन् । पूर्वमन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतको प्रस्तावमा तामाङलाई सिन्धुपाल्चोक कांग्रेसको संयोजकको जिम्मेवारी दिइएको हो ।सिन्धुपाल्चोक कांग्रेस नेता मोहनबहादुर बस्नेतको गृहजिल्ला हो ।