२९ वर्षीय युवा निर्मलको काँधमा चौतारा कांग्रेसको जिम्मेवारी, अरु सारथिमा को–को ?

२९ वर्षीय युवा निर्मलको काँधमा चौतारा कांग्रेसको जिम्मेवारी, अरु सारथिमा को–को ?

फरक पत्रिका

बुधबार, असोज ७ २०८३

२९ वर्षीय युवा निर्मलको काँधमा चौतारा कांग्रेसको जिम्मेवारी, अरु सारथिमा को–को ?

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको नियमित महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोकका सबै १०३ वटै वडामा अधिवेशन भइसकेको छ । जसबाट वडा सभापतिसहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भइसकेका छन् । असोज ३ र ४ गते जिल्लामा वडा अधिवेशन सम्पन्न भएको हो ।
यसै अनुरुप असोज ७ गते देशभर गाउँ र नगर अधिवेशन तोकिएको थियो । जसअनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले नयाँ नेतृत्व चुनेको छ । पार्टीको १५ औं महाधिवेशन चौतारा साँगाचोकगढी नगर समितिमा २९ वर्षीय निर्मल श्रेष्ठ सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
समितिको उपसभापतिमा राजकुमार श्रेष्ठ, महिला उपसभापतिमा राधा विष्ट, सचिवमा सुवास दंगाल, सहसचिवमा नवीन खड्का रहेका छन् । त्यस्तै सदस्यहरुमा यज्ञप्रसाद सापकोटा, प्रवीण लामा, टंकप्रसाद दुलाल, करण केसी चयन भए । खुला समावेशी युवा महिलामा गोमा श्रेष्ठ, खुला युवामा सञ्च तामाङ, युवराज लामा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
महिला सदस्यमा लक्ष्मीदेवी श्रेष्ठ, दलित सदस्यमा कुमारी नेपाली र सुनिल विक निर्वाचित भए भने सदस्यमा धनेश्वर गिरी र पुष्पा राउत चयन भएका छन् । बुधबार सिन्धुपाल्चोकको चौतारास्थित विपी स्मृति भवनमा भएको अधिवेशनमा जिल्ला उपसभापति टंकबहादुर कार्कीले निर्वाचितलाईइ बधाई दिदैं प्रमाणपत्र हस्तान्तरण गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित