काठमाडौं । रसुवा बाढीको १० दिनपछि माथिल्लो त्रिशूली ३ एको सुरुङभित्रबाट अहिलेसम्म २ जनाको उद्धार भएको छ।
उद्धार गरिएका एक जनाले आफ्नो नाम सञ्जय साह रहेको बताएका छन्। उनीसहित अर्का एक जनाको सुरुङमा थुनिएको १० दिनपछि जीवितै उद्धार गरिएको हो।
सुरुङ भित्रबाट अरु पनि जीवित छन् भन्ने जानकारी प्राप्त भएको उद्धार कर्ताले बताएका छन्। अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार