रसुवा बाढी :बौद्धमा भोटेकोशीका वडाध्यक्षसहित १९ जनाको काजकिरिया र प्रार्थना

रसुवा बाढी :बौद्धमा भोटेकोशीका वडाध्यक्षसहित १९ जनाको काजकिरिया र प्रार्थना

फरक पत्रिका

बिहिबार, भाद्र १८ २०८३

रसुवा बाढी :बौद्धमा भोटेकोशीका वडाध्यक्षसहित १९ जनाको काजकिरिया र प्रार्थना

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाबाट सम्पर्कविहीन भएकाहरुको सात दिने काजकिरिया सुरु गरिएको छ । भोटेकोशी गाउँपालिकाका वेपत्ता १९ जनाको बौद्ध धर्मअनुसार सामूहिक रूपमा सात दिने काजकिरिया तथा प्रार्थना (नेभारं)सुरु गरिएको हो।
गाउँपालिका वडा नं. १ का अध्यक्ष राजु लामासहित १९ जनाको प्रार्थना काठमाडौंको बौद्धस्थित शेर्पा गुम्बामा सुरु गरिएको हो । दिवंगत तथा बेपत्ता व्यक्तिहरूको आत्माशान्ति र सद्गतिको कामना गर्दै बुधबारबाट पूजापाठ तथा सामूहिक प्रार्थना भइरहेको छ ।
बाढीपछि भोटेकोशी गाउँपालिका–१, लिस्तीका वडाध्यक्ष राजु लामा पनि सम्पर्कविहीन भएका थिए । वडाध्यक्ष लामाले पनि एजेन्सी सञ्चालन गर्दै आएका थिए । लामा २०७९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । मानसरोवर जाने समूह व्यवस्थापनका क्रममा उनी रसुवागढी नाकामा गएका थिए । व्यापारी, कन्टेनर कर्मचारी र मानसरोवर जाने पर्यटकका लागि ट्राभल एजेन्सी सञ्चालन गरिरहेकाहरु सम्पर्कविहीन भएका छन् । ‘सम्पर्कविहीन वडाध्यक्षका परिवार र सिंगो भोटेकोशी गाउँपालिका नै यो खबरपछि शोकाकुल छ ।
बौद्ध परम्पराअनुसार सात दिनसम्म सञ्चालन हुने काजकिरिया तथा प्रार्थनामा मृतक तथा बेपत्ताका आफन्त, समुदायका सदस्य र विभिन्न व्यक्तिहरू सहभागी भएका थिए । एकातिर शव नपाएका परिवारले कुशको प्रतिरूप बनाएर हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिरहेका छन् भने अर्कोतिर बौद्ध समुदायले बेपत्ता तथा दिवंगतहरूको आत्मा शान्तिको कामना गर्दै सामूहिक काजकिरिया र प्रार्थना गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित