सिन्धुपाल्चोक त्रिपुराका विक्रम खेरो हेरोइनसहित सुनसरीबाट पक्राउ

सिन्धुपाल्चोक त्रिपुराका विक्रम खेरो हेरोइनसहित सुनसरीबाट पक्राउ

फरक पत्रिका

बिहिबार, भाद्र १८ २०८३

सिन्धुपाल्चोक त्रिपुराका विक्रम खेरो हेरोइनसहित सुनसरीबाट पक्राउ

काठमाडौं । सुनसरी, इटहरी उपमहानगरपालिका ४ संगीत चोकबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ३ का विक्रम कार्की पक्राउ परेका छन् । उनीसँगै धादिङ ज्वालामुखी गाउँपालिका ३ बस्ने २७ वर्षीय सुवास अर्याललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित