चौतारा । हरेक वर्षझै यस वर्ष पनि सिन्धुपाल्चोकको ईर्खुमा रहेको प्रमुख पर्यटकीय गन्तव्य रानीपोखरीमा जनैपूर्णिमाको अवसरमा मेला लागिरहेको थियो । मेला भर्न आउने दर्शनार्थीले मन्दिर परिसर खचाखच थियो ।
त्यहाँ स्याउलेस्थित कातर्चेबाट पनि एउटा समूह मेला भर्न आएको थियो झाँक्री नाचसँगै । कातर्चेबाट त्यहाँका काजीसहित अन्य स्थानीय र झाँक्रीहरु विचिन्न स्थानमा आजापूजा गर्दै रानीपोखरी परिसरमा पुगेका थिए । त्यहाँको भीडमा कातर्चेवासी एक एक गरेर हराउन थाले । कोही कता, कोही कता ।
मेला आफ्नै रफ्तारमा चलिरहेको थियो । केही दर्शनार्थीहरु आजापूजामा व्यस्त थिए । कोही जनै फेरिरहेका देखिन्थे । कोही नाचगानमा मस्त, कोही मदिरा अनि गाँजाको सुरमा मस्त । केही झाँक्रीहरुको नाचमा आनन्दित मनोरञ्ना लिइरहेका थिए । केही खापानमा व्यस्त त कोही आफूलाई मन परेको सामगूी खरिद गर्नमै व्यस्त । दर्शनार्थीहरु आउने र जाने क्रम पनि चलिरहेकै थियो ।
मेलाकै भीडमा एक्कासी कातर्चेका छोटे डनलाई एक व्यक्तिले मुक्का प्रहार गरे । यो संगैं मेलास्थल रणभूमिजस्तै बन्न थाल्यो । भागाभाग चल्यो दर्शनार्थीको । दुई समूहबीच मुक्कामुक्की लामैसमय चलिरह्यो । … अनि के भयो ?
यो थाहा पाउन तपाईंले केही समय कुर्ने पर्छ । किनकि यो दृष्य काल्पनिक नाटक थियो । यो वास्तविक थिएन । ‘रिल’का लागि थियो, ‘रियल’ थिएन ।
हो यो वास्तविक थिएन यो दृष्य क्यामेरामा कैद भइरहेको थियो । त्यो पनि अहिले सिन्धुपाल्चोकमा चर्चाको शिखरतिर लम्किँदै गरेको टेलिचलचित्र छोटे डनका लागि सुटिङ गरिएको थियो ।
पछिल्ला केही हप्तादेखि चौतारा क्रियसन ग्रुपले सार्वजनिक गरिरहेको छोटो सिरियल छोटे डनले विस्तारै दर्शकको मन जित्न थालेको छ । गएको बुधबार आफ्नो चौथो भाग प्रस्तुत गरेको थियो ।
ओखरेनी इन्टरटेनमेन्टको आधिकारिक यूटुयुव च्यानलबाट हरेक बुधबार साँझ ८ बजे यो सिरियल सार्वजनिक हुने गरेको छ ।
अब भने कथा कस्तो छ । किन भयो कुटपिट ? कथा सार थाहा पाउन अहिले यहाँ माथि चर्चा गरिएको दृष्य अबको छोटे डनको अर्काे शृंखलामा तपाईंले हेर्न सक्नुहुनेछ । यो दृष्यसँगै अन्य मनोरञ्जनात्मक खुराक पाउन तपाईले हरेक बुधबार साँझ ८ बजे यूट्युव च्यानल खोल्नुपर्ने हुन्छ ।
च्याङबा लामाको लेखन तथा निर्देशनमा निर्मित छोटे डनको व्यवस्थापकमा बुद्ध श्रेष्ठ छन् । किसिङ लामाले यसको सम्पादन गरेका हुन् । छेवाङ लामा मुख्य भूमिकामा छन् । उनी सिरियलको छोटे डन हुन् । त्यस्तै अभिनास थिङ, प्रेम गुरुङ, चाँदनी तामाङ, मनोज श्रेष्ठ, रामलाल बम्जनलगायतले यस सिरियलमा अभिनय गरेका छन् ।