माया गुरुङको नेतृत्वमा यस्तो बन्यो रास्वपा सिन्धुपाल्चोक टिम

माया गुरुङको नेतृत्वमा यस्तो बन्यो रास्वपा सिन्धुपाल्चोक टिम

फरक पत्रिका

शुक्रबार, साउन २२ २०८३

माया गुरुङको नेतृत्वमा यस्तो बन्यो रास्वपा सिन्धुपाल्चोक टिम

सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको सभापतिमा माया गुरुङ निर्वाचित भएकी छन् । सिन्धुपाल्चोकको चौतारास्थित आहालडाँडामा आज भएको प्रथम अधिवेशन अन्तर्गतको निर्वाचनमा गुरुङ १४९ मतसहित सभापति पदमा विजयी भएकी हुन् ।
गुरुङका निकटतम प्रतिद्वन्द्वी कमला खड्काले ६१ मत प्राप्त गरिन् । त्यस्तै सभापति पदकै उम्मेदवार कुमार श्रेष्ठले २०, पासाङ तामाङले १३ र दिलराम श्रेष्ठले २ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै जिल्ला उपसभापतिमा सरोजा श्रेष्ठले १२३ मत प्राप्त गरि विजयी भइनु । उपसभापतिका उम्मेदवार मुके शेर्पाले ४७ र निमा याङ्छेन लामाले ६५ मत प्राप्त गरे ।
सचिव पदमा राजीव हमाल निर्विरोध भए ।
सहसचिवमा बिदुर खड्का बिजयी भए । सदस्यहरुमा गोकर्णबिक्रम सिलवाल, पास तेम्बा शेर्पा, नन्दलाल श्रेष्ठ नमराज भट्टराई, प्रदिप सिलवाल विजयी भएका छन् ।
क्षेत्र न १ को सभापतिमा उत्तम ठकुरी, उपसभापति सिताराम शर्मा, फुर्तेम्बा शेर्पा, क्षेत्र २ को सभापतिमा प्रल्हाद आर्याल, उपसभापतिमा नकुल आचार्य विजयी भए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित