काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रालयमै फर्काउन माग गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तरतराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद दुलालले यस्तो माग राखेका हुन् ।
सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट विजयी भएका दुलालले आफू सरकारको बाध्यताको पछाडि जान, नियतको पछाडि पनि जान नचाहेको भन्दै रियालिटीको पछाडि आफू गएको भन्दै यस्तो माग राखेको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेट्नि सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्ने गरी विधेयक ल्याएको छ ।
यसअघि पछिल्लो पटक नेपाल सरकार कार्य विधाजन नियमावली २०८३ मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो ।