काठमाडौं । वाग्मती प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभरि बिदा दिने निर्णय भएको हो ।
तर, सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा भने बिदा दिइएको छैन । गाउँपालिकाले एक सूचना जारी गर्दै भोलि बिदा नभई कार्यालय खुल्ने जनाएको हो ।प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतद्धारा जारी गरिएको सूचनामा कार्यालयको दैनिक सेवा प्रवाहनियमित रुपमा प्रवाह गर्ने जनाइएको छ । गाउँपालिकालेगाउँ कार्यपालिकाको कार्यालय,सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरुबाट नियमित कामकाज गराउन भनी सूचना जारी गरेको हो ।
प्रदेशको राजपत्रको खण्ड-९ सख्या ०९ प्रदेश राजपत्र भाग ३ मिति २०८२/१२/२३ गते प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।