सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–५ मा ‘र्याफ्टिङ स्कुल’ स्थापना गरिन लागिएको छ। जलयात्रका लागि विश्वमै प्रसिद्ध भोटेकोशी नदीमा पर्यटन प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारले ‘र्याफ्टिङ स्कुल’ बनाउन लागेको हो ।
यसका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट काम अघि बढेको छ। यहाँ नेपालीसहित विदेशीले पनि अध्ययन गर्नेछन् । यो स्कुलमा ‘रिभर गाइड’ तालिम लिन अन्तरराष्ट्रियस्तरबाट पनि प्रशिक्षार्थी आउने मन्त्रालयले जनाएको हो ।
यसका लागि चालु आर्थिक वर्षमै बजेट विनियोजन गरी काम अघि बढेको छ। यी स्थलमा बर्सेनि साहसिक महोत्सव आयोजना गरी राष्ट्रिय, अन्तरराष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सकिने भएकाले यसतर्फ प्रदेश सरकारले काम सुरु गरेको हो।