बाह्रविसेमा ४६ मेगावाटको भोटेकोशी–५ सुरु, यस्ता छन् स्थानीयलाई सुविधा

बाह्रविसेमा ४६ मेगावाटको भोटेकोशी–५ सुरु, यस्ता छन् स्थानीयलाई सुविधा

फरक पत्रिका

मंगलबार, बैशाख १५ २०८३

बाह्रविसेमा ४६ मेगावाटको भोटेकोशी–५ सुरु, यस्ता छन् स्थानीयलाई सुविधा

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत आयोजना औपचारिक रूपमा सुरु भएको छ। स्थानीयवासीलाई १० प्रतिशत शेयरको सुनिश्चित गर्दै आयोजना निर्माण सुरु गरिएको हो ।
कालिका इनर्जी लिमिटेडद्वारा निर्माण सुरु गरेको आयोजनाले बाह्रबिसे बजार, कल्लेरी, खरिबोटे, जम्बू, नेपालगाउँ, सिरिसे र सिगार्चे लगायत प्रभावित क्षेत्रका स्थानीयसँग सहमति गरिसकेको छ। अतिप्रभावित घरधुरीको सर्वेक्षण समेत सम्पन्न भइसकेको छ र आवश्यक परे थप सहमति गर्न तयार रहेको जनाएको छ। “सिन्धुको पानी, सिन्धुपाल्चोककै लगानी” भन्ने अवधारणासहित आयोजना अघि बढाइएकोे हो।
निर्माण चरणमै ८० भन्दा बढी स्थानीय युवालाई रोजगारी दिइएको छ उपकरण र सामग्री सकेसम्म स्थानीयबाटै खरिद गरिँदा स्थानीय व्यवसाय पनि लाभान्वित भएका छन्। स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर सुनिश्चित गरिएको छ। साथै, संस्थापक शेयरमा समेत स्थानीयलाई प्राथमिकता दिइनेछ। यसरी स्थानीयसँग सहमति गरेर आयोजना सुरु गरिएको जलविद्युत व्यवसायी मोहनविक्रम कार्कीले जानकारी दिए । आयोजनाले विद्युत् उत्पादनसँगै स्थानीय विकास, रोजगारी सिर्जना, वातावरण संरक्षण र दीर्घकालीन आर्थिक समृद्धिलाई लक्षित गरेको उनको भनाइ छ ।
हिउँदमा पनि खोलामा कम्तीमा २० प्रतिशत पानी निरन्तर बग्ने व्यवस्था मिलाइएको छ।१० प्रतिशत आयोजनाले छाड्ने र १० प्रतिशत खोल्साबाट बगेका पानी खोला छाडिने गरी व्यवस्था मिलाइएको हो । यसो हुँदा स्थानीयलाई खानेपानीका लागि बाधा नपुग्ने आयोजनाले जनाएको छ ।
प्राविधिक रूपमा सुरक्षित बनाउन रक क्लास (भू–गर्भीय अवस्था) को विस्तृत अध्ययन गरी बस्तीमा कुनै जोखिम नपर्ने गरी डिजाइन गरिएको जनाइएको छ। साथै, सबै कानुनी, प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित