सर्वसाधारणका लागि खुल्यो याम्बालिङ हाइड्रोपावरको आईपीओ

सर्वसाधारणका लागि खुल्यो याम्बालिङ हाइड्रोपावरको आईपीओ

फरक पत्रिका

बुधबार, बैशाख १६ २०८३

सर्वसाधारणका लागि खुल्यो याम्बालिङ हाइड्रोपावरको आईपीओ

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आज (वैशाख १६) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरिसकेको छ । कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर छुट्याएर सर्वसाधारणका लागि कम्पनीले आईपीओ ल्याएको हो ।

कम्पनीले सर्वसाधारणका लागि १७ करोड ४३ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो । जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ४३ हजार कित्ता सेयर जारी गरिएको छ ।

सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० देखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ ।

आईपीओमा निष्कासन बन्द छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गतेपछि हुनेछ । याम्बालिङ हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित