काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरूको जिम्मेवारी बाँडफाँड गरेको छ । कार्यविभाजन टुंग्याउने गरी आज निर्णय हुने भएको हो । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठक कार्यविभाजनलाई लिएर विवाद भएपछि थप गृहकार्य गरेर बैठकमा पेस गर्नेगरी स्थगित भएको थियो ।
संयोजक पुष्पकमल दाहाल संयोजक र माधवकुमार नेपाल उपसंयोजक रहने गरि कार्यविभाजन गरिएको हो । जसमा स्थानीय तह हेर्ने जिम्मेवारी सिन्धुपाल्चोकका नेता तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटोलाई दिइएको छ । त्यस्तै वाग्मती प्रदेशका लागि सिन्धुपाल्चोकका नेता सरल सहयात्री पौडेल संयोजक तोकिएका छन् । यो प्रदेशको इञ्चार्ज भने गंगाधर तुलाधर रहेका छन् ।