सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको एक सामुदायिक बनमा गएराति आगलागी भयो । नगरपालिकाको वडा नं. ११ स्थित वनदेउ पात्लेपानी सामुदायिक वनमा आगलागी भएको हो ।
आगो रातभर बनमा फेलिँदै फैलिँदै गयो । रातको नौ बजेतिर लागेको आगो नियन्त्रणमा लिन निकै असहज अवस्था आएपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दीपक भुजेलको कमाण्डमा आगलाी नियन्त्रणका लागि टोली गएको वाग्मती प्रदेश प्रहरीले जनाएको छ ।
तर, वाग्मती प्रदेशको सूचनाअनुसार भुजेलको कमाण्डमा दुई जना प्रहरी पुगेका थिए । आगलागी भएको स्थान साँगाचोक प्रहरी चौकीबाट तीन किलोमिटर दुरीको दक्षिणतर्फ पर्नेसमेत वाग्मती प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार नौ बजे फैलिएको आगो नियन्त्रणमा आउन मंगलबार बिहान साढे पाँच बजेको थियो । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीको भनाइ छ । बस्ती तथा घरहरु जोखिममा नरहेको प्रहरीले जनाएको छ ।
वडाअध्यक्ष रोशनराज गिरीले आगलागी भएकोबारे आफ्नो फेसबुकबाट भिडियो शेयर गरेका थिए । उनले भने सशस्त्र प्रहरीलगायतलाई धन्यवाद दिएका छन् ।