मुडेको होटलमा खैरो हेरोइन भेटिएपछि…

मुडेको होटलमा खैरो हेरोइन भेटिएपछि…

फरक पत्रिका

बिहिबार, चैत्र २६ २०८२

मुडेको होटलमा खैरो हेरोइन भेटिएपछि…

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका ५ मुडेस्थित एक होटलबाट खैरो हेरोइन बरामद भएको छ । होटल दोलखा दर्शनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीकाअनुसार पक्राउ पर्नेहरूमा इलाम, इलाम नगरपालिका ४ बस्ने ३८ वर्षीय चिरञ्जिवी दुलाल, झापा मेचीनगर नगरपालिका १२ बस्ने २८ वर्षीय अवि नारायण दुलाल, धनुषा मिथिला नगरपालिका १० लालगड बस्ने २१ वर्षीया निम माई तामाङ र फिलिपिन्सका नागरिक ३८ वर्षीया रिहा लिल रहेका छन् । प्रहरी चौकी मुडेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा प्र ०२ ०५३ प ८६७५ नम्बर र बा प्र ०२ ०२० प ४९४४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित