इन्द्रावतीका दुइजनाले युवतीलाई खाजाघरमा ग्राहकसँग वेश्यावृत्ति गर्न लगाएपछि…

इन्द्रावतीका दुइजनाले युवतीलाई खाजाघरमा ग्राहकसँग वेश्यावृत्ति गर्न लगाएपछि…

फरक पत्रिका

बिहिबार, चैत्र १९ २०८२

इन्द्रावतीका दुइजनाले युवतीलाई खाजाघरमा ग्राहकसँग वेश्यावृत्ति गर्न लगाएपछि…

काठमाडौं । खाजाघरमा आउने परपुरुष ग्राहकहरुसँग रकम लिई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका दुइजना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोकाअनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक ईन्द्रावती गा.पा. वडा नं. ०९ कि सुकुमाया तामाङ र वडा नं. ४ का प्रमोद तामाङ रहेका छन् ।


पीडित किशोरीको जाहेरका आधारमा उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि परिवर्तित नाम २६ बबरमहल (५३८) लाई खाजाघरमा आउने परपुरुष ग्राहकहरुसँग रकम लिई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोप छ ।
परिवर्तित नाम २६ बबरमहल (५३८)काअनुसार खाजाघरमा भाडा माझ्ने, सरसफाइको काममा लगाउने मासिक ७ हजार तलब दिने सहमति थियो । केही समयपछि महिनाको १५ हजार सम्म तलब दिने भनी प्रलोभनमा पाएर वेश्यावृत्ति गर्न लगाएको उनले दिएको जाहेरीमा उल्लेख छ ।
काठमाडौं मनमैजुस्थित सुकुमाया तामाङले संचालन गरेको अशोक खाजा घर र प्रमोद तामाङले संचालन गर्ने मञ्जुश्री खाजा घरमा परपुरुष ग्राहकहरुसँग रकम लिई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको, भनेको नमानेमा मोवाइल नम्बर र फोटो वेश्यावृत्तिको काम गर्ने केटी हो भनेर टिकटकमा हालेर भाईरल गराई दिन्छु भनी डर देखाई जवरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ गरिएको व्यूरोका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी राजन लिम्बुले फरकपत्रिकालाई जानकारी दिए ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटी गएको प्रहरी टोलीले उद्दार गरी सो कार्यमा संलग्न प्रतिवादीहरु सुकुमाया तामाङ र प्रमोद तामाङलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित