काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले चुनावी खर्च विवरण बुझाएका छन्। निर्वाचन आयोगलाई आज उनले आफ्नो चुनावी खर्च बुझाएका हुन् ।
बालेन झापा ५ को प्रतिनिधि सभा चुनावमा रास्वपाबाट उम्मेदवार बनेका थिए । चुनावमा १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको जानकारी बालेनले आयोगलाई दिएका हुन्।
फागुन २१ गते भएको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउँदै बालेन प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए।