चाैतारा । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वंशलाल तामाङलाई ठूलाेसिरूवारीवासीले मन्त्री भएकाे देख्न पाउँ भन्दै आशिर्वाद दिएका छन् । चुनावी अभियानका क्रममा सिन्धुपाल्चोक २ का उम्मेदवार शनिवार ठूलाेसिरूवारी पुगेका थिए । साे क्रममा उनलाई स्थानीयले जितकाे अग्रिम शुभकामना दिदैं मन्त्री बनेर गाउँ फर्किन अनुराेध गरे ।
उमेरकाे गणितले आठ दसक पार गरेका ठूलाेसिरूवारीका उदयलाल अधिकारीले वंशलाललाई आफ्नै आंगनमा टीका लगाएर आशीर्वाद दिदैं मन्त्री बनेर आउन सुझाए । यहाँका समस्या कुनै नेताले समाधान नगरेकाे भन्दै वंशलाल नयाँ अनुहार र विकासप्रेमी नेता भएकाे आफूले जानकारी पाएकाले अहिले गाउँवासीले सहयोग दाबी गरे ।
त्यस्तै स्थानीय शेरबहादुर विकले पनि जितकाे शुभकामना दिदैं मन्त्री भएर दलितहरूकाे समस्या समाधान गर्न आग्रह गरे । विकले गाउँमा कृषि, स्वास्थ्य, शिक्षा तथा पुुर्वाधार विकासमा
मन्त्री भएर विकास गरेकाे देख्न पाउने आशा रहेकाे बताए ।