कांग्रेसको पकड क्षेत्रमा ३१ वर्षदेखि जित खोज्दै एमाले, साख बचाउने धुनमा नेकपा

कांग्रेसको पकड क्षेत्रमा ३१ वर्षदेखि जित खोज्दै एमाले, साख बचाउने धुनमा नेकपा

फरक पत्रिका

शुक्रबार, फाल्गुन १५ २०८२

कांग्रेसको पकड क्षेत्रमा ३१ वर्षदेखि जित खोज्दै एमाले, साख बचाउने धुनमा नेकपा

सिन्धुपाल्चोक । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोक क्षेत्र नं. १ मा चुनावी अभियान तीव्र बनेको छ । तीन स्वतन्त्रसहित १८ उम्मेदवार रहेको यहाँ प्रमुख चार दलबीच प्रतिष्पर्धा हुने आकलन गरिएको छ ।
नेपाली कांग्रेसबाट जंगबहादुर लामा, नेकपा एमालेबाट सरेश नेपाल, नेपाली कम्युनिष्ट पार्टीबाट माधव सापकोटा र राष्टिय स्वतन्त्र पार्टीबाट भरत पराजुलीबीच चारपक्षीय प्रतिष्पर्धा हुने आकलन गरिएको हो । यहाँ कांग्रेसको संगठन बलियो छ । त्यसपछि एमाले अनि नेपाली कम्युनिष्ट पार्टीको संगठन रहेको छ । तर, रास्वपाका उम्मेदवार पराजुलीको आक्रामक चुनावी अभियानले चारपक्षीय भिडन्त हुने आकलन गरिएको हो ।
कांग्रेसका जंग अहिले यहाँ नयाँ अनुहार हुन् । यसअघि कांग्रेसबाट मोहनबहादुर बस्नेत उम्मेदवार हुने गरेका थिए । त्यस्तै नेकपाका माधव निवर्तमान सांसद हुन् । उता एमालेका सरेश नेपाल यसपटक जितको खोजीमा छन् । यहाँ पछिल्लो ३१ वर्षदेखि एमालेले जित्न सकेको छैन । त्यसैले यसपटक एमाले जितको खोजीमा रहेको हो ।
यो क्षेत्रमा एमालेबाट अमृतकुमार बोहोरा ९२०४८, २०५१०, कांग्रेसबाट मोहन बस्नेत ९२०५६, २०७००, माओवादीबाट अग्नि सापकोटा ९२०६४, २०७०, २०७४० र माधव सापकोटा ९२०७९० निर्वाचित भएका थिए।
विगतका चुनावी नतिजा हेर्दा यो क्षेत्रमा कांग्रेस, एमाले र माओवादीले नतिजा आफ्नो पक्षमा पारेका छन् । २०४८ को निर्वाचनमा एमालेका अमृतकुमार बोहोराले १३ हजार ५ सय मत ल्याएर विजयी बनेका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका मोहनबहादुर बस्नेतले ११ हजार ९ सय मत प्राप्त गरेका थिए । ०५१ को निर्वाचनमा एमालेका बोहोराले १३ हजार ३ सय मत ल्याएर विजयी बने । उनले १३ हजार १ सय मत प्राप्त गरेका राप्रपाका पशुपतिशम्शेर राणालाई पराजित गरेका थिए ।
०५६ को निर्वाचनमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले बाजी मारे । ०५१ मा ७ हजार मत ल्याएको कांग्रेसले ०५६ मा १९ हजार १ सय मत प्राप्त ग¥यो । एमालेका बोहोराले १५ हजार ९ सय र राप्रपाका राणाले १० हजार मत ल्याए । ०५१ को तुलनामा कांग्रेसले १२ हजार र एमालेले तीन हजार मत थप्यो ।
०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन एमाओवादीका राजकुमार श्रेष्ठ २१ हजार ३ सय मतसहित विजयी बने । एमालेले १३ हजार १ सय मत ल्याएर निकटतम प्रतिद्वन्द्वीमै चित्त बुझायो भने कांग्रेसले ७ हजार ५ सय मत ल्यायो ।
अघिल्लोको तुलनामा संविधानसभा निर्वाचनमा कांग्रेसले १२ हजार र एमाले तीन हजार मत घटायो । २०७० मा यो क्षेत्रबाट कांग्रेसले १५ हजार २१ मत ल्याएको थियो । त्यस्तै एमालेले १४ हजार नौ सय ८९, माओवादीले १० हजार तीन सय ३० र राप्रपाले ५ हजार पाँच सय ६७ मत ल्यायो । ६४ को तुलनामा यो क्षेत्रमा कांग्रेसले एक सयभन्दा बढी प्रतिशत मत बढाएको देखिन्छ ।
पछिल्लो २०७९ को स्थानीय निर्वाचनको परिणाम हेर्दा कांग्रेसको पकड देखिन्छ । सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये क्षेत्र नं १ मा रहेका ७ मध्ये कांग्रेस एक्लैले बाह्रबिसे, भोटेकोशी र त्रिपुरासुन्दरीमा प्रमुख÷उपप्रमुख जितेको छ । सुनकोशी र बलेफीमा उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको छ । जुगलमा भने माओवादीसँगको सहकार्यमा उपाध्यक्ष जितेको छ । पहिले तीन वटा क्षेत्र हुँदा साविक क्षेत्र नं. २ बाट अहिले क्षेत्र नं. १ गाभिएका स्थानमा कमजोर भनिएको कांग्रेसले जितेको छ । कमजोर रहेको भनिएको चौतारा साँगाचोकगढी नगरपालिकामा समेत दुई वडामा कांग्रेसले जित हासिल गरेको छ ।
हालको क्षेत्र नम्बर १ को ५४ वटा वडा छन् । तीमध्ये कांग्रेसले मात्रै ३२ वटा वडा जितेको छ । एमाले १६ वटा वडामा विजयी हुँदा माओवादी केन्द्रले ५ वटा मात्रै जितेको छ । वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एकीकृत समाजवादीको १६५० मत छ । यो तथ्यांकले कांग्रेस अगाडि रहेको पुष्टि गर्छ ।
साविकको क्षेत्र नं. १ मा अहिले साविकको क्षेत्र नं. २ का केही गाउँ थपिएको छ । यो क्षेत्रमा चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० वडा थपिएका छन् । यो सँगै जुगल गाउँपालिका र बलेफी गाउँपालिकाको वडा नं. १, २ र ३ नं. वडा पनि अहिलेको प्रतिनिधि सभा १ मा गाँसिएको छ । साविकको क्षेत्र नं. २ बाट थोरै गाउँ गाभिएकाले साविक क्षेत्र नं. १ कै मतलाई आधार मान्दा र विगत पल्टाउँदा मतदाता अस्थिर भने देखिन्छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित