जंगली जनावरबाट अन्नबाली जोगाउने नीति व्यवस्था गर्ने माधव सापकोटाको प्रतिबद्धता

जंगली जनावरबाट अन्नबाली जोगाउने नीति व्यवस्था गर्ने माधव सापकोटाको प्रतिबद्धता

फरक पत्रिका

बिहिबार, फाल्गुन १४ २०८२

जंगली जनावरबाट अन्नबाली जोगाउने नीति व्यवस्था गर्ने माधव सापकोटाको प्रतिबद्धता

सिन्धुपाल्चोक । फाुगन २१मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार माधव सापकोटाले अन्नबालीलाई जंगली जनावरबाट बचाउने नीतिको व्यवस्था गर्ने बताएका छन् । जंगली जनावरले किसानलाई दुःख दिएको भन्दै यस्तो नीति व्यवस्था गर्नका लागि आफूलाई मत दिन उनले आग्रह गरेका हुन् ।
चुनावी प्रचारका क्रममा घरदैलो अभियानमा रहेका सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हुन् । घरदैलोका क्रममा किसानले जंगली जनावरले दिएको समस्या सुनाएपछि उनले यसको समाधानको नीति आफूले व्यवस्था गर्न लागिपर्ने बताएका हुन् । सामाजिक सञ्जालमा उनले बाँदर, बँदेल, दुम्बीलगायतका जंगली जनावरबाट किसानका अन्नबाली जोगाउने नीति व्यवस्था गर्न मत दिनुपर्ने भन्दै आव्हान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित