सिन्धुपाल्चोक–१:यसकारण जितको संघारमा छन् कांग्रेसका लामा

सिन्धुपाल्चोक–१:यसकारण जितको संघारमा छन् कांग्रेसका लामा

फरक पत्रिका

बिहिबार, फाल्गुन १४ २०८२

सिन्धुपाल्चोक–१:यसकारण जितको संघारमा छन् कांग्रेसका लामा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर लामाले चुनावी अभियानलाई तीव्र बनाएका छन् । मतदातासँग भेटघाट, सुुझाव संकलन तथा सभाहरुबाट चुनावी अयिानमा रहेका उनले आफूले चुनाव जित्नेमा ढुक्क भएको बताए ।
लामाले क्षेत्र नं १ का सबै वडामा पुगेर घर दैलो गरेका छन् । उनकाअनुसार घरदैलो अभियानबाट पाएको उत्साहजनक प्रतिक्रिया नै चुनाव जित्ने आधार हो । ‘मतदाज्यूहरुबाट निकै सकारात्मक ऊर्जा पाएको छु,’ फरकपत्रिकासँग उनले भने, ‘संगठन पनि राम्रो छ, यसअघि कांग्रेसले गरेका कामहरुप्रति पनि मतदाता उत्साहित हुनुहुन्छ । सबै गाउँबाट माया अनि आर्शिवाद पाएको छु ।’
घरदैलो अभियानका क्रममा मतदाताले विगतका जनप्रतिनिधिहरूप्रति केही गुनासा पनि राखेको उनले बताए । चुनावअघि घरदैलो गर्ने तर जितेपछि फर्केर नआउने प्रवृत्तिप्रति मतदाताहरु रिसाएको पनि पाइएको उनले बताए । यो प्रसंगमा आफू सधैं गाउँमै रहने गरेकाले पनि मतदाताले विश्वास गरेको उनको दावी छ । ‘पार्टीको जिल्ला सभापति भएकाले पनि मैले गाउँ छाड्न मिल्दैन, उसो त म वडा इकाईदेखि जिल्ला तहसम्म काम गरिरहेको मतदाताहरुले देख्नुभएको छ ।’ उनले आफू जिम्मेवार प्रतिनिधिका रुपमा काम गर्ने सुनाए ।

सिन्धुपाल्चोकमा पार्टी संगठन बलियो रहेको उल्लेख गर्दै उनले क्षेत्रका ५४ वडामध्ये ३२ वडामा कांग्रेस विजयी भएको तथ्य प्रस्तुत गरे । जनप्रतिनिधिहरूले गरेका कामकै आधारमा यस पटक पनि कांग्रेसले जित्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
पछिल्लो २०७९ को स्थानीय निर्वाचनको परिणाम हेर्दा माओवादीभन्दा दोब्बर मत कांग्रेसको देखिन्छ ।

सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये क्षेत्र नं १ मा रहेका ७ मध्ये कांग्रेस एक्लैले बाह्रबिसे, भोटेकोशी र त्रिपुरासुन्दरीमा प्रमुख÷उपप्रमुख जितेको छ । सुनकोशी र बलेफीमा उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको छ । जुगलमा भने माओवादीसँगको सहकार्यमा उपाध्यक्ष जितेको छ । पहिले तीन वटा क्षेत्र हुँदा साविक क्षेत्र नं. २ बाट अहिले क्षेत्र नं. १ गाभिएका स्थानमा कमजोर भनिएको कांग्रेसले जितेको छ । कमजोर रहेको भनिएको चौतारा साँगाचोकगढी नगरपालिकामा समेत दुई वडामा कांग्रेसले जित हासिल गरेको छ ।
हालको क्षेत्र नम्बर १ को ५४ वटा वडा छन् । तीमध्ये कांग्रेसले मात्रै ३२ वटा वडा जितेको छ । एमाले १६ वटा वडामा विजयी हुँदा माओवादी केन्द्रले ५ वटा मात्रै जितेको छ । वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एकीकृत समाजवादीको १६५० मत छ । यो तथ्यांकले कांग्रेस अगाडि रहेको पुष्टि गर्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित